Saturday 24 August 2013

गीत

म उभेको धर्ती

म उभेको धर्ती आफ्नै ठान्छु, आफ्नै भन्छु
र दुनियाँ छाडेर उनैसङ्ग गहिरो प्रेम गर्छु


गहिरो निद्राले छोपोस म यसैमाथि सुत्छु
नमिठो सपनाले बिउझाइदेला यही माथि हुन्छु
मेरो सास उनी, मेरो आसा उनी
हराउ कतै उनीसङ्गै हुन्छु
र - - - - - 


भोक लाग्दा म यसकै लाम्टा चिथोर्छु, लुच्छु
प्यास लागे फेरि यसकै छाती तनतनी तान्छु
मेरो कर्म उनी, मेरो भाग्य उनी
लखेटे दु:खले उनीभित्रै लुक्छु
र - - - - - - - - - - - - - -  -


www.kesharthulung.blogspot.com 

Thursday 25 July 2013

कविता

अथाह मन 

भत्केर बाटाहरु यात्रा रोकियोस्
मुसलधारे वर्षाले छेकोस्
खडेरीले झनै रापियोस्
स्वाँ-स्वाँ, फ्वाँ-फ्वाँ गर्दै
लेग्रो तानेर
पुग्नुपर्ने ठाउँसम्म
नपुगेता पनि
कति दु:ख छैन
कति कष्ट छैन
कल्पनाकै तरङ्ग
त्यहाँसम्म पुग्ने गर्छ
यो मन

गीत

तिमी भए हुन्छ

चाहिदैन    चन्द्रमालाई  चाँदनी   भए   पुग्छ
दु:ख, सुख  दुवै   बुझ्ने   तिमी   भए   हुन्छ


माग्नु परे  देउतासङ्ग   तिमीलाई   नै   मागेँ
रोज्नु परे  मनले  फेरि   तिमीलाई   नै   रोजेँ

चाहिदैन   चन्द्रमालाई   चाँदनी   भए   पुग्छ
दु:ख, सुख  दुवै   बुझ्ने   तिमी   भए   हुन्छ


साट्दा जुठो माया बढ्ला तिमीसङ्गै साटिदिउँला
कसम प्रिय तिम्रो सिरको तिम्रै निम्ति मरिदिउँला

चाहिदैन   चन्द्रमालाई   चाँदनी    भए    पुग्छ
दु:ख,   सुख   दुवै   बुझ्ने  तिमी  भए   हुन्छ 
 


www.kesharthulung.blogspot.com


Thursday 6 June 2013

कविता
ब्वाँसाहरु

के हो राम्रो
के हो नराम्रो
केही थाहा पाउदैनन्

को हो आफन्त
को हो पराई
कोही चिन्दैनन्