Pages
Home (गृहपृष्ठ)
Thursday, 6 June 2013
कविता
ब्वाँसाहरु
के हो राम्रो
के हो नराम्रो
केही थाहा पाउदैनन्
को हो आफन्त
को हो पराई
कोही चिन्दैनन्
आफू के हो
कहाँ छु
के गर्छु
साँच्चै
चेतनहीन हुन्छन्
ब्वाँसाहरु
भावनाका कुरा
कहिल्यै गर्दैनन्
हितका कुरा गर्न
झनै रुचाउँदैनन्
दायाँ-वायाँ
केही सोच्दैनन्
केवल
सिकार गर्न जान्छन्
त्यो पनि
मात्र मासुको
मात्र आफूले
हेप्न/ठेल्न सक्ने प्राणीको ।
(
www.hknepal.com
)
No comments:
Post a Comment
Newer Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment