Saturday, 24 August 2013

गीत

म उभेको धर्ती

म उभेको धर्ती आफ्नै ठान्छु, आफ्नै भन्छु
र दुनियाँ छाडेर उनैसङ्ग गहिरो प्रेम गर्छु


गहिरो निद्राले छोपोस म यसैमाथि सुत्छु
नमिठो सपनाले बिउझाइदेला यही माथि हुन्छु
मेरो सास उनी, मेरो आसा उनी
हराउ कतै उनीसङ्गै हुन्छु
र - - - - - 


भोक लाग्दा म यसकै लाम्टा चिथोर्छु, लुच्छु
प्यास लागे फेरि यसकै छाती तनतनी तान्छु
मेरो कर्म उनी, मेरो भाग्य उनी
लखेटे दु:खले उनीभित्रै लुक्छु
र - - - - - - - - - - - - - -  -


www.kesharthulung.blogspot.com 

No comments:

Post a Comment