अथाह मन
भत्केर बाटाहरु यात्रा रोकियोस्
मुसलधारे वर्षाले छेकोस्
खडेरीले झनै रापियोस्
स्वाँ-स्वाँ, फ्वाँ-फ्वाँ गर्दै
लेग्रो तानेर
पुग्नुपर्ने ठाउँसम्म
नपुगेता पनि
कति दु:ख छैन
कति कष्ट छैन
कल्पनाकै तरङ्ग
त्यहाँसम्म पुग्ने गर्छ
यो मन
ज्वलन्त हातहरु नचलुन्
कामेर खुट्टाहरु लर्बराउन्
अझ ठेस लागेर
इन्तुचिन्तु हुनु परोस्
क्षितिज पुग्ने अठोटमा
आकासै खसोस्
चढ्ने खुट्कीलाहरुमा
कालो बादलले नै ढाकोस्
रत पनि कति दु:ख मान्दैन
त्यहाँसम्म पुग्न
यो मन
बग्दा-बग्दा सागर सुकिदेला
रुदा-रुदा आसुँ सकिएला
हाँस्दा-हाँस्दा हाँसो रित्तिएला
वेदनाको थुप्रोभित्र तन हराउँला
तर केहिवेरको सहभागितापछि
फेरि उही यात्रामा निस्कन्छ
निरन्तर अगाडि बढ्छ
यो मन ।
www.kesharthulung.blogspot.com
भत्केर बाटाहरु यात्रा रोकियोस्
मुसलधारे वर्षाले छेकोस्
खडेरीले झनै रापियोस्
स्वाँ-स्वाँ, फ्वाँ-फ्वाँ गर्दै
लेग्रो तानेर
पुग्नुपर्ने ठाउँसम्म
नपुगेता पनि
कति दु:ख छैन
कति कष्ट छैन
कल्पनाकै तरङ्ग
त्यहाँसम्म पुग्ने गर्छ
यो मन
ज्वलन्त हातहरु नचलुन्
कामेर खुट्टाहरु लर्बराउन्
अझ ठेस लागेर
इन्तुचिन्तु हुनु परोस्
क्षितिज पुग्ने अठोटमा
आकासै खसोस्
चढ्ने खुट्कीलाहरुमा
कालो बादलले नै ढाकोस्
रत पनि कति दु:ख मान्दैन
त्यहाँसम्म पुग्न
यो मन
बग्दा-बग्दा सागर सुकिदेला
रुदा-रुदा आसुँ सकिएला
हाँस्दा-हाँस्दा हाँसो रित्तिएला
वेदनाको थुप्रोभित्र तन हराउँला
तर केहिवेरको सहभागितापछि
फेरि उही यात्रामा निस्कन्छ
निरन्तर अगाडि बढ्छ
यो मन ।
www.kesharthulung.blogspot.com
No comments:
Post a Comment